हतियारसहित नेपाल भित्रिएका तीन जना भारतीय नागरिक पक्राउ
प्रकाशित मिति
२०७६ फाल्गुन ३० गते, शुक्रबार ०१:५०
काठमाडौं, हतियारसहित नेपाल प्रवेश गरेका तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरीको सुनवर्षी नगरपालिका–८ हर्चनगढीबाट कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड सहित उनीहरुलाई नेपाल प्रहरीले बिहीबार राति पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत घर भएका अजयकुमार मण्डल, आन्नदकुमार मण्डल र राकेशकुमार साह रहेका छन् । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले सुनवर्षी नगरपालिका–८ हर्चनगढीस्थित पसलमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा फेला पारी तलासी गर्दा उनीहरुको साथमा उक्त पेस्तोल र गोली फेला परेको प्रहरीले जनाएको छ।
साथै उनीहरुको साथबाट अनटेष्ट लेखिएको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ। हतियारसहित नेपाल प्रवेश गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया