• 4:55 pm

पूर्वडीआईजी खरेलको भ्रष्टाचारविरोधी अभियानको औपचारिक घोषणा

प्रकाशित मिति

२०७६ फाल्गुन ३० गते, शुक्रबार ०१:०१

काठमाडौं, भ्रष्टाचार, बेइमानी, सुशासनको अभाव र असक्षमताको मूल कारण नै देशमा प्रगति हुन नसक्ने निचोड निकाल्दै पूर्वडीआईजी रमेश प्रसाद खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ को औपचारिक घोषणा भएको छ ।

भ्रष्टाचारको उन्मुलन मुख्य उद्देश्य राखेर सुरु गरिएको उक्त अभियानले भ्रष्टाचार मुक्त राष्ट्र निर्माण, राष्ट्रियताको संरक्षण र प्रवद्र्धन, राजनैनिक शुद्धिकरणलगायत विभिन्न ८ वटा उद्देश्यहरु निर्धारण गरिएका छन् । उक्त उद्देश्य पूरा गर्नको लागि ७ वटा कार्यक्रम र गतिविधिको घोषणा गरिएको छ ।

उक्त अभियान सञ्चालनका लागि पाँच केन्द्रीय तदर्थ कार्यकारी परिषद निर्माण गरिएको छ । परिषदमा खरेलसहित देवेन्द्र प्रसाद सिटौला, डा. नारायण घिमिरे, राज कुमार यादव र रोशन श्रेष्ठ रहेका छन् ।

अभियानको अवधारणा पत्रमा उल्लेख भएअनुसार अभियानले राष्ट्रियताको संरक्षण र प्रवद्र्धन, भ्रष्टाचारको अन्य र नैतिक सदाचारी प्रवृतिको प्रवद्र्धन, निर्वाचन प्रणालीमा परिवर्तन र सुधार, विदेशमा बस्ने नेपालीले मतदान गर्न पाउने हकको सुनिश्चितता आदि विषयमा केन्द्रीत भएर काम गरिने उललेख गरिएकको छ ।

प्रतिकृया