• २३ भदौ २०८३, मंगलबार
  • २ः३३ दिउँसो

क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएपछि…

प्रकाशित मिति

२०७६ फाल्गुन ३० गते, शुक्रबार १२:४७

एजेन्सी, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । बिहीबार उनमा कोरोनाको लक्षण पाइएको थियो । परीक्षणपछि आएको रिपोर्टमा कोरोना ‘पोजिटिभ’ देखिएको हो ।

National Life

पत्नीमा कोरोना भाइरस देखिएपछि प्रधानमन्त्री ट्रूडोलाई नै सेल्फ आइसोलेसनमा राखिएको छ । उनी अबको १४ दिनसम्म चिकित्सकको निगरानीमा घरमै रहनेछन् ।

शुक्रबार क्यानडाको प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमार्फत यस कुराको पुष्टि गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री जस्टिन ट्रुडो ठीक अवस्थामा हुनुहुन्छ । उहाँमा कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया