• ६ असोज २०८३, मंगलबार
  • ६ः२५ बिहान

बैंक अफ काठमाण्डू लिमिटेडको BOK सफलता मुद्दती खाता सार्वजनिक

प्रकाशित मिति

२०७६ फाल्गुन २९ गते, बिहीबार ०६:४१

काठमाडौं, बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरुको लागि ‘BOK सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ । ‘सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा’ भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खातामा ग्राहकहरुले रु ११ लाख सम्मको बीमा सुबिधा सहित सर्वोच्च वार्षिक ९.७५ प्रतिशत ब्याजदरको सुबिधाको उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

National Life

उक्त मुद्दती खाता पच्चीस हजारदेखि खोल्न सकिने र ग्राहकहरुले उक्त खाता खोली बीमा लगायत थुप्रै सुबिधाहरुको लाभ लिन सक्ने बैंकको विश्वास रहेको छ । साथै, बीमा सुबिधा अन्र्तगत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए पाँच लाख, १८ घातक रोगहरु लागेको खण्डमा पाँच लाख तथा औषधी उपचारको लागि एक लाखको बीमा सुबिधा अन्र्तगत बहिरंगको लागि बीस हजार तथा अस्पताल भर्ना भई उपचार गर्दा असी हजार सम्मको बिमा सुबिधाको उपयोग गर्न सकिने छ ।

बिमा सुबिधा बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सहकार्यमा उपलब्ध गराएको छ । जस अन्र्तगत बीमा शुल्क बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडलाई भुक्तानी गर्नेछ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया