• २३ भदौ २०८३, मंगलबार
  • ११ः५४ बिहान

पेस्तोल र गोलीसहित दुई जना पक्राउ

प्रकाशित मिति

२०७६ फाल्गुन २७ गते, मंगलवार ०१:००

रौतहट, गढिमाई नगरपालिका–६ धरमपुरबाट कटुवा पेस्तोल १ थान र गोली ३ थानसहित दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरुमा सर्लाही धनकौल गाउँपालिका–६ छर्तौल बस्ने २६ वर्षीय राजेश राम र सोही ठाउँ बस्ने २१ वर्षीय सुरज राम रहेका छन् ।

National Life

ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरीले बिआर ३० यु ८३८२ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राजेशलाई कटुवा पेस्तोल १ थान र गोली राउण्ड २ राउण्ड तथा सुरजलाई कटुवा पेस्तोलमा लाग्ने गोली १ राउण्ड र मोबाइल २ थान सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया