• २३ भदौ २०८३, मंगलबार
  • १२ः०३ दिउँसो

नेपाल आउन विदेशी नागरिकका लागि आजबाट अनिवार्य स्वास्थ्य प्रमाणपत्र

प्रकाशित मिति

२०७६ फाल्गुन २७ गते, मंगलवार ०१:१८

काठमाडौं, नेपालमा प्रवेश गर्ने विदेशी नागरिकको कोरोना भाइरस संक्रमित नभएको स्वास्थ प्रमाणपत्र अनिवार्य बुझाउनु पर्ने भएको छ । चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानबाट आउने विदेशीले आफू संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र हवाई कार्यालय र अध्यागमन नाकामा बुझाउनुपर्ने नियम आजदेखि लागू हुनेभएको छ ।

National Life

यी मुलुकलाई ‘ट्रान्जिट’ बनाई नेपाल प्रवेश गर्न खोज्ने विदेशीका हकमा पनि यो नियम लागू हुनेछ । हवाई तथा स्थल मार्गबाट नेपाल प्रवेश गर्नेले अध्यागमन नाकामा कोरोना भाइरसबाट संक्रमित नभएको व्यहोराको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्नेछ ।

गृह मन्त्रालयले नेपालस्थित विदेशी कूटनीतिक नियोगलाई पत्राचार गरी यसबारे जानकारी समेत गराइसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया