• २५ भदौ २०८३, बिहीबार
  • ४ः०७ बेलुका

भक्तपुरको सडकमा अत्याधुनिक ‘राडार गन’ : के गर्छ त राडार ले ?

प्रकाशित मिति

२०७६ फाल्गुन २० गते, मंगलवार ०७:५९

भक्तपुर । तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने दुर्घटनालाई रोक्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर खण्डमा दुईवटा अत्याधुनिक ‘राडार गन’ जडान गरेको छ ।

National Life

महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सबिन प्रधानले सडकमा सवारीसाधानको गति नाप्ने यस प्रकारको उपकरण नेपालमै पहिलोपटक साँगादेखि लोकन्थलीसम्म चल्ने सवारीसाधनको गति नाप्ने अत्याधुनिक उप
करण जडान गरिएको बताइएको छ ।

विकसित देशमा सडकमा सवारीसाधनको गति नाप्न प्रयोग हुने यस प्रकारको उपकरण नेपालमा पहिलोपटक ल्याइ भक्तपुरको सडकमा जडान गरिएको हो ।
रजिस्ट्रेशन प्लेट रिकगनाइजेशन क्याम’ नामको सिसी क्यामरा सहितको उपकरणले सवारीसाधनको २०० भन्दा माथि सम्मको गति मापन गर्न सक्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसले त्यो सडकमा कुन कुन समयमा कति वटा कुन कुन प्रकारकोे, कस्तो रङको, कुन कुन नम्बरको, कति कति स्पिडमा र कुन कुन समयमा गाडी गुड्यो, गाडी कुन पोजिशनमा गुडेको थियो भन्ने सम्मको एच डी क्वालिटीको भिडियो रेकर्ड राख्छ ।

प्रतिकृया