• २८ भदौ २०८३, आइतबार
  • १२ः२४ राती

खरीपाटी क्वारेन्टाइनबाट घर फर्किए ७ स्वास्थ्यकर्मी सहित १ सय ७५ बिद्यार्थी

प्रकाशित मिति

२०७६ फाल्गुन १९ गते, सोमबार ०६:३६

भक्तपुर, चीनको वुहानबाट ल्याई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना सहित उनीहरुको स्वास्थ्य हेरचाहमा खटिएको ७ स्वास्थ्यकर्मी आज घर फर्किएका छन् । राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कुनै संक्रमण नदेखिएपछि सरकारले उनीहरुलाई १६ दिनपछि घर पठाइएको हो ।

National Life

कोरोना संक्रमण नभएको पुष्टि भए पछि उनीहरु घर फर्किएका हुन् ।
उनीहरुलाई खरीपाटीमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्यराज्यमन्त्री नवराज रावतले बिदाई गर्नुभयो । कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई सकुशल घर फर्कन सहयोग गर्ने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी ,कर्मचारी लगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले हाम्रो मनोविज्ञानका कारणले समाजमा भ्रम फैलिएको भए पनि यो समस्यालाई सहजै हल गर्न सकिएको उल्लेख गर्नुभयो ।राज्यमन्त्री रावतले घर फर्किएका सबैको दिर्घायुको कामना गर्दै सुखद भबिष्यको कामना गर्नुभयो ।उहाँले सबैलाई स्वास्थ्य सचेतना अपनाउन समेत आग्रह गर्नुभयो ।

यहाँ रहेका सबैलाई विदाई गरि घर फर्काईएको सुरक्षाको नेतृत्व गरिरहेको नेपाली सेनाको बीरदल गणका गणपति कर्णेल शिव पौडेलले जानकारी दिनुभयो ।
स्वास्थ्य परीक्षणको रिपोर्ट नेगेटिभ आएको खबर सुने पछि क्वारेन्टाइनमा बसेकाहरुले ताली बजाएर खुसी साटेका थिए । चीनको वुहानमा कोरोना संक्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १७५ जनालाई गत फागुन ५ गते उद्दार गरि ल्याईएको थियो । उनीहरुलाई भक्तपुर, खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल ल्याए लगतै गरिएको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो । अहिले पनि नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनमा बसेका सबै जना अब आआफ्नो घर पर्किएका हुन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उनीहरुको रिपोर्टमा कोरोना नदेखिएकाले घर फर्काईएको बताउनुभयो ।

शनिबार उनीहरुको नाक र घाँटीको स्वाब नमूना संकलन गरि राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि लगिएको थियो । यसअघि यही फागुन ४ गते नै उनीहरुको नाक र घाँटीको स्वाब नमूना संकलन गरि राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो भने दोश्रो पटक क्वारेन्टाइन बसेको १४ औ दिनमा हिजो स्वाब नमूना संकलन गरिएको थियो । नेपाली विद्यार्थीलाई उद्दार गरि ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइनको बसाई पुरा गरी आईतबार घर फर्किएका थिए ।

 

प्रतिकृया