विमानस्थलमा भिजिटर पास बन्द, अत्यावश्यक काम बाहेक विमानस्थल नआउन अनुरोध
प्रकाशित मिति
२०७६ फाल्गुन १९ गते, सोमबार ०६:३०
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयले विमानस्थलभित्र प्रवेश गर्न उपलब्ध गराउने भिजिटर पास वितरण बन्द गरेको छ । अर्को व्यवस्था नभएसम्म पास वितरण बन्द गरिएको कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीद्वारा जारी विज्ञप्ति भनिएको छ। यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयले सकेसम्म विमानस्थलमा नआउन सर्वसाधारणलाई अनुरोध पनि गरेको छ। अत्यावश्यक काममा आउने सबैलाई मास्क समेत प्रयोग गर्न पनि अनुरोध गरेको छ।
कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहनका लागि विभिन्न सतर्कताहरु अपनाइएकोमा अहिले उक्त संक्रमण फैलिन सक्ने सम्भावना देखिएको र डब्लुएचओले पनि नेपाललाई जोखिममा राखेकाले अत्यावश्यक बाहेक विमानस्थलमा प्रवेश नगर्न आग्रह गरेका छन् ।







प्रतिकृया