• 5:29 pm

दिल्ली दङ्गा :मृत्यु हुनेको संख्या ३२ पुग्यो

प्रकाशित मिति

२०७६ फाल्गुन १५ गते, बिहीबार ०२:१९

एजेन्सी, भारतको राजधानी नयाँ दिल्लीमा नागरिकता कानुनविरुद्ध भइरहेको प्रदर्शन क्रममा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । अन्य एक सय ८९ जना घाइते भएका छन् । हिंसाको कारण मर्नेहरुको संख्या अहिलेसम्म ३२ पुगेको स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीको उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

पछिल्ला चार दिनदेखि दिल्लीको उत्तर पूर्वी क्षेत्र निरन्तर चलिरहेको छ, जुन सयौं मानिसहरू घाइते भएका छन् । नागरिकता कानुनलाई लिएर प्रदर्शनकारीबीच दङ्गा भड्किँदा त्यहाँ दशकौंयताको सबभन्दा खराब हिंसा भएको छ । हिंसाले साम्प्रदायिक रुप लिएको छ । हिन्दू र मुस्लिम समुदायबीच झडप भएका छन् ।

प्रतिकृया