• ६ असोज २०८३, मंगलबार
  • १०ः५३ बिहान

नेप्सेको कारोबारले रेकर्ड बनायो, ४ अर्बको कारोबार

प्रकाशित मिति

२०७६ फाल्गुन १४ गते, बुधबार ०४:५३

काठमाडौं, शेयर बजार परिसूचक नेप्सेको कारोबारमा रेकर्ड कायम भएको छ । बुधबार नेप्सेमा अहिलेसम्मकै उच्च रु.४ अर्ब १५ करोड बराबरको शेयर किनबेच भएको हो । बजार परिसूचक पनि ५० दशमलव ९३ अंकले बढेको छ । यो सँगै नेप्से परिसूचकले १ हजार ५ सय ९६ विन्दु पार गरेको छ । यो साताको चार दिनमा नै नेप्से परिसूचक १ सय ६१ अंकले बढेको छ । आइतबार करिब ७० अंकले बढेको परिसूचक सोमबार स्थिरजस्तो देखिएको थियो । मंगलबार फेरि बजारमा ४३ अंकले बढोत्तरी आएको थियो ।

National Life

विश्लेषकहरुले लामो समय शिथिल बजारमा चमक आएसँगै बजारमा बुलिस टे«ण्ड शुरु भएको बताउँदै आएका छन् । बुधबार नेप्सेमा ९९ लाख ७ हजार कित्ता शेयर खरिद विक्री भएका छन् । कारोबारमा सबैभन्दा धेरै एभरेष्ट ब्यांकको संस्थापक, राष्ट्रिय बीमा कम्पनी तथा युनिलिभर नेपालका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन् । बुधबार जीवन बीमा समूह ६.१२ प्रतिशत, ब्यांकिङ समूह ३.८६ प्रतिशत, होटल समूह ३.७७ प्रतिशत, उत्पादनमूलक समूह ४.६३ प्रतिशतले बढेका छन् ।

प्रतिकृया