सीटीइभीटी जागिर खाने थलो होइन : मन्त्री पोखरेल
प्रकाशित मिति
२०७६ फाल्गुन १२ गते, सोमबार ०४:२०
‘सीटीइभीटीले पर्याप्त जनशक्ति उत्पादन गर्न सकेको छैन’
भक्तपुर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् प्राविधिक शिक्षामन्त्री गिरीराजमणि पोखरेले हाल सम्म सीटीइभीटीले पर्याप्त जनशक्ति उत्पादन गर्न नसकेको आरोप लगाउनु भएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीइभीटी) को ३२ औं वार्षिकोत्सब कार्यक्रममा सम्पूर्ण टिमलाई शुभकामना दिदै सीटीइभीटीले गुणस्तरीय जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता गरे पनि पर्याप्त जनशक्ति उत्पादन गर्न नसकेको आरोप लगाउनु भएको हो ।
कार्यक्रममा व्यावसायिक तालीम परिषद (सीटीइभीटी)का अध्यक्ष समेत रहनुभएको पोखरेलले सिटीइभीटीले विगत समयदेखि निजि क्षेत्रलाई सम्बन्धन दिदै आए पनि त्यो सम्बन्धन अस्थायी मात्र भएको भन्दै ‘के सम्बन्धन स्थायी बनाउन सकिदै न ?’ प्रश्न गर्नुभयो । निजि क्षेत्रहरुसंगको सम्बधन स्थायी नभएकाले परिषदले गुणस्तरीय र आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्न नसकेको बताउनुभयो ।
परिषदले मन्त्रलयले हस्तक्षेप गरेको आरोप लगाएको बताउदै मन्त्री पोखरेलले भन्नुभयो, ‘ तपाईहरु भन्न सक्नु हुन्छ, मेरो सचिवालयले कुन–कुन घटनाक्रममा हस्ताक्षेप गरेको छ ? मैले अहिले सम्म एउटा पनि निजि संस्थालाई सम्बन्धन दिएको छैन । ’थप्दै भन्न्नुभयो ‘तपाईले एउटै कर्मचारीलाई जिम्मेबारीमा राख्नुभयो, सक्रिय प्रणाली लागू भएन, पटक–पटक कर्मचारी फेरबदलको सल्लाह दिए, कार्यको आधारमा कार्यदिशा तय गरी कार्य गर्न निर्देशन दिए तर लागू भएन । ’
सीटीइभीटीको सचिवालयलाई करार कर्मचारीहरुको बारेमा निर्देशन दिदै उहाँले भन्नुभयो, सीटीइभीटी जागिर खाने थलो नभई सिप, शिक्षा, चरित्र सिकाउने थलो हो, अस्थायी कर्मचारीको सुरक्षा र अन्य कुरामा ध्यान दिई टिक्ने कर्मचारी राख्नुस् , सीटीइभीटी तपाईहरुको नभई देशको सीटीइभीटी हो । ’
कार्यक्रममा प्रशिक्षक तथा परिषद्का सदस्य प्रा. डा. मीन बहादुर पौडेल क्षेत्री, प्राशिक्षक तथा परिषद्का सदस्यहरु भरतराज रेग्मी, मुक्ति पोखरेल, हेमराज दाहाल, सीटीइभीटीका पूर्व उपाध्यक्षहरु गोकर्ण बहादुर जि।सी, सरोज देबकोटा, सोमनाथ पौडेल, तुलसी नारायण श्रेष्ठ, गोपाल खनाल, जीवनराज अधिकारी, पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुस्करराज बुढाथोकी लगायतका उपस्थिति रहेको थियो ।






प्रतिकृया