• २० असार २०८३, शनिबार
  • ५:३१ बेलुका

महानगरीय प्रहरी वृत्त गौशालामा संयुक्त मेश शुभारम्भ

प्रकाशित मिति

२०७६ फाल्गुन १२ गते, सोमबार ०७:०९

काठमाण्डौ । उपत्यकामा संचालित प्रहरी संयुक्त मेश सुधार अभियान अन्तर्गत आज एक कार्यक्रमका बिच महानगरीय प्रहरी वृत्त गौशालामा प्रहरी अधिकृत एवं जवान संयुक्त मेशको शुभारम्भ प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले गरेका छन् ।

उक्त अवसरमा प्रहरी संयुक्त मेशको निर्माण सुधार गर्ने अभियानमा जारी भएका निर्देशनलाई अक्षरस पालना एवं कार्यान्वयन गरी संयुक्त मेश निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्ने महानगरीय प्रहरी वृत्त गौशलाका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंह सहित ५ जना प्रहरी कर्मचारीहरूलाई पुरस्कृत समेत गरे ।

Kamana Sewa

ठुलो संख्यामा रहेका जवान-हवल्दार र चौविसै घण्टा डिउटीमा खटिने कर्मचारीहरूलाई गुणस्तरीय खाना, सफा मेश तथा व्यारेक भवन लगायतका सेवा सुविधाहरू उपलब्ध गराए मात्र त्यस कर्मचारीहरूबाट प्रदान हुने सेवा प्रवाह अझबढी स्तरीय र प्रभावकारी हुने अपेक्षा रहेको उनले बताए ।

Classic Tech Desktop

उपत्यकाको सबै प्रहरी कार्यालयहरूमा मेश सुधार छिटो भन्दा छिटो सक्ने गरी सबै कार्यालयहरूले सुरु गरिसकेको र यो अभियान सम्पन्न गर्न उल्लेखनिय भुमिका निर्वाह गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत समेत गरेको कार्यक्रममा जानकारी दिए ।

प्रतिकृया