• ३ असोज २०८३, शनिबार
  • ६ः२२ बेलुका

बाँस्कोटामाथि छानबिन गर्नुपर्दैन : प्रधानमन्त्री ओेली

प्रकाशित मिति

२०७६ फाल्गुन ११ गते, आईतवार ११:०३

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छुटटै छानबिन गर्नुनपर्ने भन्दै बचाउ गरेका छन् । ओलीको त्यस्तो प्रस्ताव पछि बाँस्कोटाको विषयमा थप छलफल नै नगरी बैठक एमसीसी छलफलमा प्रवेश गरेको थियो ।

National Life

शनिबार सचिवालय बैठकमा विभिन्न नेताहरुले बाँस्कोटामाथि छानबिन गर्नुपर्ने भनाइमा जोड दिएपछि उनले बाँस्कोटाको बचाउ गर्दै राजीनामा दिइसकेकाले राज्यसंयन्त्रले नै छानबिन गर्ने हुँदा पार्टीले छुट्टै छानबिन गर्न नपर्ने बताएका हुन् ।

यता नेकपा अध्यक्ष पुष्पकमल दाहालले भने गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन् । हिजो नवलपुर पुगेका दाहालले सञ्चामन्त्रीका विषयमा आएको कुराका बारेमा प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले यो समस्या समाधानको दिशातर्फ गएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

दाहालले हाल सबै विषय अनुसन्धानमा रहेकाले गल्ती गर्नेलाइृ कुनै हालतमा छुट नदिने बताए । नेपाल समाचारपत्र दैनिकबाट साभार ।

प्रतिकृया