• ६ असोज २०८३, मंगलबार
  • ९ः०१ बिहान

प्रधानमन्त्री ओलीको जन्मदिन : “सेलिब्रेसन” बालुवाटारमा, “आठराईमा” बिदा

प्रकाशित मिति

२०७६ फाल्गुन ११ गते, आईतवार १०:४९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो जन्मदिन मनाउँदै छन् । जन्मदिन मनाउन ओली तेह्रथुमको आठराई गाउँपालिका जाँदैछन् ।

National Life

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायत बालुवाटार पुगेर जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरे ।

जन्मथलो आठराई जानुअघि प्रधानमन्त्री ओलीका शुभेच्छुकहरुले उनलाई बालुवाटारस्थित निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच, प्रधानमन्त्री ओली आफ्नो ६९ औं जन्मदिन मनाउन जन्मथलो आउने भएपछि तेह्रथुमको आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।

प्रधानमन्त्री ओलीले त्यहाँ स्थानीय बाटोको शिलान्यास गर्नुका साथै र नेपाल बैंकको शाखाको उद्घाटन गर्ने कार्यक्रम छ। उनको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको आठराईमा भएको हो। २००८ सालमा आठराइमा जन्मेका प्रधानमन्त्री ओलीको परिवार २०२० सालमा झापामा बसाई सरेको थियो।

प्रतिकृया