• २० असार २०८३, शनिबार
  • ५:३१ बेलुका

प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दियो, चार प्रहरी घाइते

प्रकाशित मिति

२०७६ फाल्गुन ११ गते, आईतवार १०:३८

रौतहट । चन्द्रनिगाहपुरस्थित लमहा जंगलमा नेपाल प्रहरीको भ्यानलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा चार जना प्रहरी घाइते भएका छन्।

रौतहटका विभिन्न प्रहरी चौकीमा कार्यरत असईहरू सवार ना१ख १३३१ नम्बरको भ्यानलाई आइतबार विहान ना६ख ९६२५ नम्बरको ट्रकले ठक्कर दिएको हो।
असईहरू प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुर ज्ञवाली सहभागी हुने पथलैयास्थित कार्यक्रममा भाग लिन जाँदै थिए।

Kamana Sewa

ट्रकको ठक्करबाट असईहरू गोविन्द यादव, मनोज सिंह, स्पनाथप्रसाद यादव, हृदयप्रसाद यादव र भ्यान चालक प्रहरी जवान सरोज यादव घाइते भएको चपुर प्रहरी कार्यालयले जनाएको छ।

Classic Tech Desktop

घाइतेलाई चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार गरिएको छ।

प्रतिकृया