• २७ भदौ २०८३, शनिबार
  • ४ः५८ बेलुका

“कम्युनिष्ट नेताहरु सरकारमा गए लगत्तै कमाउनिष्टमा परिणत भए” : यादव

प्रकाशित मिति

२०७६ फाल्गुन १० गते, शनिबार ०८:३१

कपिलवस्तु ।  संविधान संशोधन गरी मधेशी, दलित, अल्पसंख्यक, आदीवासी र जनजातिका समस्याहरुलाई सम्बोधन नगरे वर्तमान संविधान लामो समय टिक्न नसक्ने समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। शनिबार मायादेवी गाउँपालिकाको पकडीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले हिजो संविधान जारी हुँदै गर्दा संविधानको स्वागतमा दिपावली गर्ने वर्गको मात्रै अपनत्व यो संविधानमा रहेको बताए।

National Life

सरकार गठनका बेला संविधान संशोधनका विषयमा सहमति भई सरकारमा आफुहरु सहभागी भए पनि संविधान संशोधनको कुनै लक्षण नदेखेपछि आफुहरु सरकारबाट बाहिरिएको यादवको भनाइ थियो। ‘हिजो २०४६ सालको संविधानलाई पनि संसारकै उत्कृष्ट संविधान भनिएकै हो’ नेता यादवले भने, ‘तर एक पटक पनि संशोधनको मौका नै नपाई सो संविधान अस्तित्वविहीन बन्यो। यो कुरा दुई तिहाइको दम्भ बोकेको सरकारले बुझ्नु जरुरी छ।’

संविधानमा आफ्ना असन्तुष्टि व्यक्त गर्दै संविधान जारी हुँदा ब्ल्याक आउट गर्ने समूहको मागलाई पनि संविधानमा समावेश नगरेसम्म वर्तमान संविधान सर्वस्वीकार्य हुन नसक्ने नेता यादवले बताए। संविधानलाई सबै जनताको साझा दस्तावेज बनाउन नसकिए यसको कुनै भविष्य नरहने नेता यादवले दावी गरे।

Classic Tech Mobile
Classic Tech Desktop

नेता यादवले सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै वर्तमान सरकार कमिशनतन्त्रको भित्री खेलमै रुमल्लिएको आरोप लगाए। सर्वहारा कम्युनिष्ट नेताहरु सरकारमा गए लगत्तै कमाउनिष्टमा परिणत भएको भन्दै आम नेपाली जनताले वर्तमान सरकारबाट महंगी, भष्टचार र अधिनायकवाद मात्रै प्राप्त गरेको बताए।

प्रतिकृया