• ६ असोज २०८३, मंगलबार
  • ११ः४५ बिहान

कालीगण्डकी ए जलविद्युत् केन्द्रमा काम ठप्प

प्रकाशित मिति

२०७६ फाल्गुन १० गते, शनिबार ०९:४०

गुल्मीः कालीगण्डकी ए जलविद्युत् केन्द्र मर्मतका लागि तीन दिन बन्द हुने भएको छ । कालीगण्डकी ए जलविद्युत् १ सय ४४ मेगावाट क्षमता रहेको छ ।

National Life

विद्युतगृहको पहिलो युनिटको मुख्य इनलेट भल्भबाट पानी चुहिएपछि विद्युत् उत्पादन बन्द गरी मर्मत सुरु गरिएको हो ।
दैनिक औसत ५८ मेगावाट विद्युत् उत्पादन गरिरहेको अर्धजलाशययुक्त विद्युत केन्द्र मर्मतका लागि सोमबार साँझ पाँच बजेसम्म बन्द रहने बताइएको छ ।

स्याङ्जाको मिर्मीमा रहेको विद्युतगृहमा ४८–४८ मेगावाटका तीन युनिट छन् । एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको हो । मुलुककै ठूलो विद्युतगृहबाट विद्युत् उत्पादन बन्द भएपछि पश्चिमभेगका औद्योगिक ग्राहकको साँझ पिक समयमा विद्युत् आपूर्ति कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मर्मतमा ३७ जना प्राविधिकहरु खटिएर विद्युत् आपूर्तिलाई असर पर्न नदिन शुक्रबार र शनिबारको बिदा पारेर मर्मत सुरु गरिएको छ ।

प्रतिकृया