युरो किङ्गडम स्कुलमा अन्तर बिद्यालय चित्रकला प्रतियोगीता सम्पन्न
प्रकाशित मिति
२०७६ फाल्गुन ९ गते, शुक्रबार ०७:००
काठमाडौं । हिमालय एजुकेशन नेटवर्क अन्तरगत संचालित शैक्षिक सञ्जाल अन्तरगत युरो किङ्गडम स्कुल सिफल कालोपुलमा अन्तरबिद्यालय चित्रकला प्रतियोगीता सम्पन्न भएको छ ।
प्रतियोगीतामा उपत्यकाका ३ जिल्ला काठमाडौं,ललितपुर र भक्तपुरका २० बिद्यालयबाट एक सय बिद्यार्थीको सहभागिता रहेको थियो ।
कक्षा १ र २ (क) समुहका बिद्यार्थीलाई बिषयबस्तु मेरो मस्तिष्कमा के छ ? दिईएको थियो भने ३ देखि ५ कक्षासम्मका (ख)लाई नेपालको सांस्कृतिक सम्पदा र ६ देखि ८ सम्मका (ग) समुहका बिद्यार्थीलाई बिषयबस्तु मेरो नेपाल मेरो गर्व दिईएको थियो ।
३ समुहमा आयोजित प्रतियोगीतामा क समुहतर्फ सिफल माबिकी रिधिका गुरुङ्ग, ख मा रिब्सका सेजल बस्नेत र ग अन्तर्गत कैलाश बोधी माबिका बिबेक अधिकारीले उपाधी हात पारेका छन् ।
दोस्रो स्थानमा क तर्फ सिफल माबिका आर्षित खनाल,ख तर्फ रिब्सकी पायल थापा र ग तर्फ बिश्व बोधी बिद्यालयका प्रज्वल मगरले बिजय हासिल गरे ।
यसैगरी तस्रो स्थानमा क तर्फ भक्तपुर निष्ट स्कुलका एलेक्स ऐयर ख तर्फ लिटल फ्लावरकी सम्बृद्धि श्रेष्ठ र ग तर्फ रिब्सकी हिमानी थापाले बिजय हासिल गरेका छन् ।
बिजयी बिद्यार्थीलाई ट्रफी तथा प्रमाणपत्र र सहभागी सबैलाई प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रममा नेपालका अग्रज चित्रकारद्धय राधेश्याम मुल्मी र अशोकमान सिंह प्रतियोगीताको निर्णायक रहनुभएको थियो ।
सो अवसरमा बोल्दै चित्रकार मुल्मीले चित्रकला संचारको भरपर्दो बिषय भएको उल्लेख गर्दै चित्रकलाको माध्यमबाट समस्त कला ,संस्कृति र रहनसहनको प्रस्तुति गर्न सकिने बताउनुभयो ।
बिद्यालयका अध्यक्ष सागर मानन्धरले बिजेता तथा सहभागी बिद्यालय तथा बिद्यार्थी लाई बधाई एबं कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।







प्रतिकृया