• ४ असोज २०८३, आइतबार
  • ५ः५९ बिहान

दोस्रो सन्तानकी आमा बनिन् लिजा

प्रकाशित मिति

२०७६ फाल्गुन ८ गते, बिहीबार ०७:४८

बलिउड अभिनेत्री तथा मोडल लिजा हेडन दोस्रो सन्तानकी आमा बनेकी छन्। लिजाले छोरो जन्माएकी छन्। उनले छोराको नाम लियो राखेकी छन्। लिजाले सोसल मिडियामा छोराको तस्बिर सेयर गर्दै फ्यानलाई यसको जानकारी गराएकी हुन् ।

National Life

लिजाले आफ्ना छोराहरू ज्याक र लियोको तस्बिर सेयर गर्दै लेखेकी छन्, ’यो सानो आशीर्वादले मेरो मन छोएको छ। यस्तो पहिला कहिल्यै भएको थिएन। जुन प्रेमले मैले उनीहरूलाई हेरिरहेको छु त्यसको बयान गर्न मसँग शब्द नै छैन । मलाई अझै विश्वास लागि रहेको छैन कि म यिनीहरूकी आमा हुँ ।’

२०१६ अक्टोबरमा डिनो लालवानीसँग विवाह गरेकी लिजाको यसअघि उनको एक छोरा थिए । अन्नपूर्ण पोस्टमा खबर छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया