• ४ असोज २०८३, आइतबार
  • ९ः०८ राती

एयरलायन्स चलाउन ३ वटा जहाज अनिवार्य

प्रकाशित मिति

२०७६ फाल्गुन ८ गते, बिहीबार ०७:४०

काठमाडौं । नेपालमा अब हवाई सेवा सञ्चालन गर्न एयरलायन्स कम्पनीसँग कम्तीमा तीनवटा जहाज अनिवार्य हुनुपर्ने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार सार्वजनिक गरेको हवाई नीतिको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ ।

National Life

अहिले नेपालमा कतिवटा जहाज हुनुपर्ने भन्नेबारे नागरिक उड्डयन प्राधिकरणको मौजदात इजाजतसम्बन्धी कार्य्विधिले एउटा जहाज ल्याएर एयरलायन्स स्थापना गर्न छुट दिएको छ।

एउटामात्रै जहाज ल्याएर कम्पनीको सेवा सुरक्षित, नियमित र किफायती नहुने भएकाले यस्तो प्रावधान ल्याइएको प्रस्तावित हवाई नीति मस्यौदाका संयोजक पूर्व सचिव यज्ञप्रसाद गौतमले बताए । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया