• १९ भदौ २०८३, शुक्रबार
  • १ः०६ दिउँसो

मन्त्री अर्यालले व्यक्तिले हडपेको सरकारी जग्गामा गाडिन् बोर्ड

प्रकाशित मिति

२०७६ फाल्गुन ५ गते, सोमबार ०९:५४

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका तीन ठाउँका सार्वजनिक जग्गामा ‘यो जग्गा नेपाल सरकारको हो’ लेखिएको बोर्ड राखिएको छ ।

आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको अगुवाईमा गएको टोलीले वडा ३१ (साबिक १०) को आलोकनगर, वडा १० को सहभागिता मार्ग र वडा २९ (साविक ३२) अनामनगरमा रहेको जग्गामा बोर्ड राखेको हो ।

Kamana Sewa

कार्यक्रममा मन्त्रालयका सहसचिव, प्रदेशसभा सदस्य, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सदस्यहरुसँगै नापी कार्यालयका अधिकारी सहभागी थिए । बोर्ड राखिएका ठाउँमध्ये आलोकनगरमा १० रोपनी ८ आना, सहयोगी मार्गमा ४ रोपनी र अनामनगरमा १४ आना २ पैसा जग्गा रहेको छ ।

Classic Tech Desktop

जग्गामा बोर्ड राखिसके पछि मन्त्री अर्यालले भनिन्,‘आफ्नो अर्काको, ठूलो सानो, पदमा भएको नभएको केही पनि नहेरी सार्वजनिक जग्गालाई सार्वजनिक उपयोगमा ल्याउने अभियान थालिएको छ ।’ सार्वजनिक सम्पत्ति व्यक्तिले प्रयोग गर्न नपाउने भएकाले यसलाई सार्वजनिक उपयोगमा नै ल्याउनुपर्ने अर्यालले बताइन् ।

प्रतिकृया