• २४ भदौ २०८३, बुधबार
  • १ः४८ दिउँसो

सिंहदरबारमा दिनको दुई घण्टा छिर्न पाउने व्यवस्था गर्नुपर्यो: सांसद शान्ता चौधरी

प्रकाशित मिति

२०७६ माघ २९ गते, बुधबार ०३:२०

काठमाडौँ, नेकपाकी सचेतक शान्ता चौधरीले दिनको दुई घण्टा आम नागरिकलाई निर्वाद रुपमा सिंहदरबार प्रवेश गर्न दिनुपर्ने माग गर्नु भएको छ ।

National Life

बुधबार संसदको शून्य समयमा बोल्दै चौधरीले पास पठाएर सिंहदरबार प्रवेश गर्ने व्यवस्थाले नागरिकलाई समस्या भएको भन्दै कम्तिमा दुई घण्टा परिचयपत्र देखाएर प्रवेश खुला गर्न माग गर्नु भएको हो ।

सांसद चौधरीले दिनको कम्तिमा दुई घण्टा राष्ट्रिय परिचयपत्र देखाएर प्रवेश खुला गर्न माग गर्दै, ‘सिंहदबारमा पस्न नागरिकलाई समस्या छ। लाइन लागेर पास पठाएपछि मात्र पस्न पाइन्छ। अब दिनको दुई घण्टा सुरक्षा चेक जाँज गरेर सहज रुपमा छिर्न पाउने व्यवस्था गर्नुपर्यो।’ भन्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया