‘छानविनको नाममा कसैलाई काखा र कसैलाई पाखा गर्न हुँदैन’: उपसभापति गच्छदार
प्रकाशित मिति
२०७६ माघ २७ गते, सोमबार ०६:१३
कठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा प्रतिपक्षी नेपाली कांग्रेसले सत्ताका नजिक भएकालाई मुद्दा दर्ता नभएर भेदभाव गरिएको भन्दै आपत्ति जनाएको छ।
सोमबार राष्ट्रियसभामा विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले सत्ताको लालझण्डा बोकेपछि उन्मुक्ति दिइएको बताए। ‘एउटै प्रकृतिका मुद्दामा कसैलाई मुद्दा लाग्ने, कसैलाई छानविनको दायरामा ल्याउने, तर कसैलाई उन्मुक्ति दिने?’ पाण्डेको प्रश्न थियो ।
अख्तियारले कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई ललिता निवास जग्गा प्रकरणमा मुद्दा दर्ता गरेको छ। उपसभापति गच्छदार मन्त्री रहेका बेलाका प्रधानमन्त्री माधव कुमार नेपाललाई भने मुद्दा लगाएको छैन।
सत्ताको लालझण्डा बोकेपछि उन्मुक्ति पाउने, विपक्षमा बस्नेहरू छानीछानी फस्नुपर्ने परिस्थिति सिर्जना गर्न खोजिँदैछ,’ उपसभापति गच्छदार बताउनु भयो । अख्तियारलाई सरकारको कठपुतली नहुन सचेत गराएको छ ।
‘हामी समयमै सचेत गराउन चाहन्छौं, संवैधानिक निकाय सरकारको कठपुतली नभइकन स्वतन्त्रतापूर्वक काम गरोस्,’ गच्छदारले भने।
उपसभापति गच्छदारले बालुवाटार, वाडडबडी, एनसेललगायतमा छानविन गर्न कांग्रेसले पहिलेदेखि नै माग गरिआएको पनि बताए। सरकारको प्राथमिकतामा अहिले पनि भ्रष्टाचारका केसहरू नपरेको बताउनु भयो ।






प्रतिकृया