• १९ असार २०८३, शुक्रबार
  • ३:२४ बेलुका

बेलायतमा कायरा आँधीका कारण हजारौं प्रभावित : विमानस्थल, सडक तथा रेलवे सेवा अवरुद्ध

प्रकाशित मिति

२०७६ माघ २७ गते, सोमबार ०८:०४

एजेन्सी । बेलायतमा आएको कायरा आँधीका कारण हजारौं प्रभावित भएका छन् । आँधीका कारण सडक अवरुद्ध भएका छन् भने विमानस्थलहरु पनि बन्द गरिएको छ ।

आँधीले विजुलीका पोल ढाल्नुका साथै रुख ढलेर सडक अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् । आँधीका कारण सबैभन्दा बढी इङल्याण्ड र वेल्स राज्य प्रभावित भएको बीबीसीेल जनाएको छ । आँधीले रेलवे सेवाहरु पनि अवरुद्ध भएको छ भने विभिन्न खेलकुद प्रतियोगिताहरु पनि प्रभावित भएका छन् ।

Kamana Sewa

आँधीका कारण विभिन्न उर्जा कम्पनीमा पनि क्षति पुगेको बताइएको छ । आँधीको प्रभाव बढ्दै गएकाले तटीय क्षेत्रमा सावधानी अपनाउन अधिकारीहरुले आग्रह गरेका छन् ।

Classic Tech Desktop

प्रतिकृया