• १७ असोज २०८३, शनिबार
  • ८ः३६ राती

काँग्रेस उपसभापतिलाई मुद्दा दर्ता गरेर तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजेको गगन थापाको आरोप

प्रकाशित मिति

२०७६ माघ २५ गते, शनिबार ०५:११

काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले भ्रष्ट्राचार मुद्दाको विषयमा दोषीलाई कारवाही हुनुपर्छ भनेर समर्थन गरेका छन् । नेपाली काँग्रेस नगरसमिति कालिका नगरपालिकाले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भ्रष्ट्राचार मुद्दामा दोषी सबैलाई मेरो तेरो नभनी कारवाही हुनुपर्ने बताएका छन् । सरकारले ललिता निवासको जग्गाको विषयमा काँग्रेस उपसभापतिलाई मुद्दा दर्ता गरेर तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजेको थापाको आरोप थियो ।

National Life

सरकारले जनताको बोल्न पाउने अधिकार खोसेर जनभावना विपरीत काम गर्न खोजेको थापाको आरोप छ । फरक प्रसङ्गमा बोल्दै उनले पार्टीभित्रको कतिपय प्रवृति बदल्दै नेतृत्वको अनुहार पनि बदल्नु आवश्यक रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्व सभापति टेकप्रसाद गुरुङ, महासमिति सदस्य कमलप्रसाद आचार्य, निरुजा श्रेष्ठ लगायतले बोलेका थिए ।

उनले भने “ललिता निवासको जग्गाको विषयमा फाइल उठाएर लैजाने मन्त्रीलाई मुद्दा लाग्ने र क्याबिनेटबाट पास गराउने प्रधानमन्त्रीलाई कारवाही नहुने कस्तो बिडम्बना हो ।” जनताले अहिले सङ्गठित काँग्रेस खोजेको भन्दै नेता थापाले अब जनताको पक्षमा लाग्नुपर्ने समय आएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया