• १७ असोज २०८३, शनिबार
  • ८ः३६ राती

बलिउड अभिनेत्री तापसी परिवारका साथ मतदान गर्न पुगिन

प्रकाशित मिति

२०७६ माघ २५ गते, शनिबार ०३:४०

बलिउड अभिनेत्री तापसी पन्नू आजकल आफ्नो आगामी फिल्म ‘थप्पड’को प्रमोशनमा व्यस्त रहेकी छिन्। तर, यस व्यस्तताका बाबजुद पनि उनले आफ्नो मताधिकार प्रयोग गर्न बिर्सिनन्। शनिबार बिहान उनी आफ्नो परिवारसँग मतदान गर्न गइन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी दिएकी छन्।

National Life

शनिबार बिहानदेखि दिल्ली विधानसभा चुनाव २०२० को लागि मतदान भइरहेको छ। दिल्लीका जनताले ७० विधानसभा सिटका लागि ६७२ उम्मेदवारहरूलाई भोट दिइरहेका छन्। यस आम आदमी पार्टी (आप) आफ्नो सत्ता जोगाइ राख्न चाहन्छ भने भारतीय जनता पार्टी (भाजपा) पनि देशको मुट (केन्द्र) को सत्ता सम्हाल्न सक्दो प्रयास गरिरहेको छ।

त्यही अर्थात दिल्ली विधानसभा सदस्यका लागि भएको निर्वाचनमा अभिनेत्री पन्नुले मतदान गरेपछि सेयर गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस फोटोमा तापसी पन्नु आफ्नो आमा, बुबा र बहिनीसँग छिन्। यो फोटो सेयर गर्दै पन्नुका शुभचिन्तकहरुले लेखेका छन्, ‘पन्नू परिवारले मतदान गरे, तपाईले मतदान गर्नुभयो ?’

तापसीको यो पोष्ट सार्वजनिक भए लगत्तै उनका प्रशंसकहरूले कसलाई भोट दिनुभयो भनेर प्रश्न समेत सोधेका छन्। उनीहरुले पन्नुलाई सम्बोधन गर्दै लेखेका छन्, ‘यदि तपाईं स्पष्ट बताउनुहुन्न भने कम्तिमा एउटा संकेत दिनुहोस् जसको जितको लागि तपाई प्रार्थना गरिरहेकी हुनुहुन्छ। ’

तापसी अनुभव सिन्हाद्वारा निर्देशित ‘थप्पड’मा देखिँदैछिन्। यो फिल्म यही फेब्रुअरी २८ गते रिलिज हुँदैछ।

प्रतिकृया