• ६ असोज २०८३, मंगलबार
  • १०ः२१ बिहान

विद्यालय जाँदै गरेका बालकलाई टिप्परले ठक्कर दिदाँ घटनास्थलमै मृत्यु

प्रकाशित मिति

२०७६ माघ २३ गते, बिहीबार १२:०६

बैतडी  दार्चुलामा टिपर ठक्करबाट एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका –९ का अन्दाजी ६ वर्षीय महेश महर रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ।

National Life

गोकुलेश्वरबाट बलाँच तर्फ गईरहेको बा १३ च २०४१ नम्बरको टिपरले विद्यालय जाँदै गरेका महरलाई किचेको हो। दोषीलाई कारवाहीको माग गर्दै स्थानीयहरुले अहिले सडक बन्द गराएका स्थानीय सुरेश विष्टले जानकारी दिए। टिपर चालक शेरबहादुर पुन मगर र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको घटनास्थलमा खटिएका प्रहरी हवलदार रामसिंह धामीले जानकारी दिए।

प्रतिकृया