• १७ असोज २०८३, शनिबार
  • ७ः३२ बेलुका

यस्तो विद्यालय जहाँ सीसी टिभीबाट निगरानि, स्पीकरबाट निर्देशन र स्मार्ट बोर्डमा पढाइ हुन्छ

प्रकाशित मिति

२०७६ माघ २० गते, सोमबार १२:२१

सुनसरी (चतरा)। कक्षामा राखिएको स्पीकरमा एक्कासी आवाज आउँछ, ‘सबै जना शान्त भएर बस्नु, सर पढाउन आउँदैहुनुन्छ ।’ अनि चकचक र होहल्ला गरिरहेका विद्यार्थीहरू तुरुन्त सर्तक हुन्छन् र आ–आफनो बेन्चमा गएर बस्छन् ।सर कक्षामा प्रबेश गर्छन र ईलेक्ट्रिक बोर्डमा बिषय लेखेर बिद्यार्थीहरुलाई पढाउन सुरु गर्छन ।

National Life

शिक्षकहरूका अनुसार सीसी टिभी राखेपछि विद्यार्थीहरूले परीक्षामा चिट पनि चोर्न छाडेका छन् । ‘ढाँट्न सकिँदैन भन्ने बुझेपछि विद्यार्थीहरूले परीक्षमा चिट नै ल्याउन छाड्दा रहेछन, शिक्षक भेषराज घिमिरेले भने । प्रअ भट्टराईका अनुसार नमुना विद्यालय बनाउनका लागि शिक्षा विभागले चालु वर्षमा भवनसहितको भौतिक संरचना निर्माण र उपकरण जडानका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । जस अन्तर्गत दुई वटा सुविधासम्पन्न दुईतले भवन थपिएका छन् । विद्यालयका सबै कक्षा र प्राङ्गणमा सिसी टिभी, स्पीकर र स्मार्ट बोर्ड (इलेक्ट्रिक बोर्ड) जडान गर्ने र सबैका लागि हुनेगरी लाउडस्पीकर राख्ने काम भइसकेको छ । सार्वजनिक वा सबैका लागि सूचना वा निर्देशन गर्नुपरे लाउडस्पीकर प्रयोग गर्ने गरिएको छ । जसले कक्षा कक्षामा गएर सूचना सुनाउनुपर्ने झन्झट पनि हटेको छ ।

२०१२ सालमा स्थापना भएको आर्दश माविमा हाल १३ सय विद्यार्थी पढ्छन् । यहाँ कक्षा १ देखी ८ सम्म निःशुल्क अनिवार्य अंग्रेजी माध्यममा पढाइ हुन्छ । अंग्रेजी र नेपाली कुन माध्यममा पढ्ने हो विद्यार्थी आफैँले रोज्न पाउँछन् । यसैगरी विद्यालयमा ओभरसियर प्राविधिक शिक्षा पनि सञ्चालनमा छ । विद्यालयको सबै कक्षामा स्मार्ट बोर्डबाट पढाउने गरिएको छ । बिजुली अभावमा कहिलेकाँही सेतोपाटी प्रयोग गर्नुपर्ने बाध्यता अन्त गर्न विद्यालयले हेभी जनेटर जडान गर्ने तयारी थालेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया