• ८ असोज २०८३, बिहीबार
  • ६ः४१ बेलुका

४७ वर्षदेखिको सम्बन्ध बेलायतले तोडे

प्रकाशित मिति

२०७६ माघ १८ गते, शनिबार ०२:०९

काठमाडौं । लामो राजनीतिक उतारचढाव पछि बेलायत ईयूबाट औपचारिक रुपमा विभाजन भएको छ । ईयूबाट अलग्गिने पक्षमा ब्रिटिस जनताले मतदान गरेको एक हजार ३ सय १८ दिनपछि बेलायत शुक्रबार राति ११ बजेदेखि ईयूबाट छुटिट्एको हो । गत २३ जुन, २०१६ मा भएको ईयू जनमत संग्रहमा ५१ दशमलव ९ प्रतिशत जनताले अलग्गिने पक्षमा मत हालेका थिए ।
बेलायत र ईयूबीचको ४७ वर्षदेखिको सम्बन्ध अबऔपचारिक रुपमा विच्छेद भएको छ । इतिहासमा अहिलेसम्म ईयू कुनै पनि राष्ट्रको सदस्य बहिर्गमन भएको थिएन् । सन् १९७३, १ जनवरीदेखि युरोपियन क्लब प्रवेश गरेको ब्रिटेन १७ हजार १९७ दिनपछि शुक्रबार बाहिरिएको हो।

National Life

बेलायतले विशेष कार्यक्रमसहित ईयूलाई शुक्रबार बिदाइ गरेको छ। प्रधानमन्त्री बोरिस जोनसनले आफ्‍नो कार्यालय टेन डाउनिङ स्ट्रिटमा लेजर शो आयोजना गरेका थिए । उनले ह्‍वाइट हलमा दीप प्रज्‍ज्‍वलन गर्नुका साथै छुट्टिनुअघि देशवासीका नाममा टेलिभिजनबाट विशेष सम्बोधन गरेका थिए। उनले आफ्‍नो सम्बोधनमा ब्रेक्जिटलाई एउटा ‘नयाँ बिहानी’ भनेका छन्।

‘आजको रात भन्नै पर्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो अन्त्य होइन, यो सुरुवात हो,’ एउटा भिडियो सन्देशमा उनले भने, ‘यो बिहानी प्रहर खुल्ने क्षण हो र नयाँ भूमिकामा पर्दा खुल्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया