• १७ असोज २०८३, शनिबार
  • ११ः३९ राती

छाउगोठको नाममा हाम्रो घर भत्काउने, गृह मन्त्रालयको काम छैन : सांसद महत

प्रकाशित मिति

२०७६ माघ १७ गते, शुक्रबार ०१:४५

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद गजेन्द्रबहादुर महतले गृह मन्त्रालयले केही काम नपाएर छाउगोठको नाममा जनताको घर भत्काउन प्रहरी लगाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद महतले भने, ‘छाउगोठको नाममा हाम्रो घर भत्काउने ? के हेरेर बसेको छ गृह मन्त्रालय ? काम छैन ?’

National Life

उनले गाउँघरमा चलिआएको उखान ‘काम नपाए बुहारी कुकुरको पुच्छर कन्याउ’ सम्झना गराउँदै अहिले गृह मन्त्रालय त्यस्तै काममा लागेको आरोप लगाए । ‘छाउगोठको नाममा हाम्रा घर भत्काइएको छ । एक जनाको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ रु आठ जना मान्छेको मकवानपुरको एक होटलमा मृत्यु भएको छ । अब होटल भत्काउँदै हिँड्ने ?,’ सांसद महतको प्रश्न थियो, ‘हजारौं मान्छेको बसमा यात्रा गर्दा मृत्यु हुन्छ, अब के बस आगो लगाउँदै हिँड्ने ?’

जुम्लाबाट निर्वाचित सांसद महतले जिल्लामा जाने नुन, औषधि बेचेर भ्रष्टाचार हुँदा, पुल अलपत्र हुँदा, बाटोको बेहाल हुँदा, ठेकेदार कहाँ छन् भनेर पत्ता नलाग्दा तिनको खोजी गरी कारबाही गर्न चासो देखाउन गृह मन्त्रालयलाई सुझाव दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले स्कुल तथा अस्पतालको अवस्था नहेर्ने गृह मन्त्रालयले नचाहिँदो काम गर्न थालेको आरोप लगाउँदै हिँजो गोर्खाली सेनाको नाममा हाम्रो घर भत्काइयो र आज छाउगोठको नाममा भत्काउन थालेको आरोप लगाए । उनले गृहले चाहिँदो काम नगरेको टिप्पणी गरे ।

प्रतिकृया