• १९ भदौ २०८३, शुक्रबार
  • ९ः१५ राती

अक्सिजन प्लान्ट स्थापना गर्न गंगालाल हृदय केन्द्रसँग सम्झौता

प्रकाशित मिति

२०७६ माघ १५ गते, बुधबार ०१:४८

काठमाडौं, मुटुको समस्या भएर गंगाला हृदय केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन महानगरले प्लान्ट स्थापना गरिदिने भएको छ । यसका लागि सहिद गंगालाल श्रेष्ठका नामबाट सञ्चालित केन्द्र र महानगरबीच आज सहमति पत्रमा हस्ताक्षर भयो । केन्द्रको २४ औं स्थापना दिवस तथा सहिद सप्ताहको कार्यक्रम पारेर महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश सभा सदस्य दीपक निरौलाको रोहबरमा सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताबमोजिम हृदय केन्द्रले प्लान्ट र यस सम्बन्धि उपकरण खरिद खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्नेछ । यसरी गरिएको बोलपत्रबाट छनौट भएको प्रस्तावकले कबोल गरेको रकम बराबरको पैसा महानगरले केन्द्रको बैङ्क खातामा पठाइदिनेछ । प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, बिद्युत प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मत सम्भार गर्ने जिम्मेवारी केन्द्रको हुनेछ ।

Kamana Sewa

सहमति पत्रमा हस्ताक्षर गरिसकेपछि कार्यक्रममा धारणा राख्दै उपप्रधानमन्त्री पोखरेलले, महानगरपालिकाले बिशेषज्ञ सेवा प्रदायक स्वास्थ्य संस्थाको सहयोगमा नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउन गरेको कामको सराहना गर्नुभयो । महानगरको दक्षताले सकेको आफैं र नसकेको ठाउँमा सक्नेको सहयोगमा काम गरेपछि यो दिगो हुन्छ, यसले निरन्तरता पाओस् भन्ने म चाहन्छु, उपप्रधानमन्त्री पोखरेलको भनाइ थियो । त्यस क्रममा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — रोगको उपचारका लागि मात्र नभइ रोग लाग्नै नदिनका लागि पनि कार्यक्रम अघि बढाएको बताउनुभयो । हामी नागरिकको दैनिक समस्यासँग जोडिने हरेक ठाउँमा सहयोग गर्न सक्छौं । यसकालागि हामीले अघि सारेकाबाहेक अर्थात् हाम्रा कार्यक्रममा छुटेका क्षेत्र तपाईले देख्नुभएको छ भने हामीलाई थाहा दिनोस्, मेयर शाक्यले भन्नुभयो — तपाईले देख्नु भएका क्षेत्र वा महानगरले यसो गरिदिए हुन्थ्यो भन्ने सोच कर्मचारी, वडा वडाध्यक्ष तथा जनप्रतिनिधि, उपप्रमुखमार्फत वा सोझै मसँगै भेटेर पनि दिन सक्नुहुनेछ ।

Classic Tech Desktop

महानगरले गरेका कामका बारेमा जानकारी दिने क्रममा मेयर शाक्यले — काठमाडौंका सबै नगरलाई सार्वजनिक जग्गा संरक्षण÷हरियाली प्रबर्धन र पार्क निर्माणका लागि १÷१ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको, प्रबर्धनात्मक तथा उपचारात्मक स्वास्थ्य सेवाका लागि नेपाली सेना, कान्ति बाल अस्पताललगायतसँग सहमति गरेको, सहरी सुरक्षाका लागि नेपाल प्रहरीसँग सहकार्य गरेको बताउनुभयो ।

महानगरले केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्न ३ करोड रुपैयाँ छुट््याएको छ । त्यस अवसरमा हृदय केन्द्रले बीमित बिरामीको उपचारका लागि राष्ट्रिय बीमा बोर्ड सम्झौता ग¥यो । त्यसै अवसरमा बिरामी कुरुवा घरको व्यवस्थापनका लागि मृगेन्द्र चिकित्सा गुठीले १० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

प्रतिकृया