अमेरिकी सैनिकको विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त
प्रकाशित मिति
२०७६ माघ १४ गते, मंगलवार ०७:०५
अमेरिकी सैनिकको विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त भएको छ । अमेरिकी सेनाले सोमबार अफगानिस्तानको पूर्वी क्षेत्रमा आफ्नो विमान दुर्घटनामा परेको पुष्टि गरेको हो ।
विमान दुर्घटनामा पर्नु कारण खोज्नु अनुसन्धान भइरहेको अमेरिकी सैनिकका उच्च अधिकारीले बताएका छन् । अमेरिकी सेनाका कर्णेल सनी लेगटले शत्रुले प्रहार गरेको मिसाइलका कारण विमान दुर्घटनामा परेको बताएका छन ।
गजनी प्रान्तको देह याक जिल्लामा अमेरिकी सैन्य विमान दुर्घटनामा परेको हो । सो क्षेत्रमा बिद्रोही तालिबानको बलियो उपस्थिति रहेको छ । दुर्घटनामा परेको विमानमा कतिजना सवार थिए भन्ने खुलाइएको छैन ।
तालिबानले दाबी गरेजस्तो विमान उसले खसालेको भन्ने कर्णेल लेगटले अस्वीकार गरेका छन् । तालिबानको सामाजिक सञ्जालमा पोस्ट भएको भिडियोमा अमेरिकी हवाई सेनाको लोगो युक्त विमान जल्दै गरेको देखिएको छ । तर यो भिडियोको पुष्टि भने हुन सकेको छैन।
एक तालिबानी प्रवक्ता र लडाकू समूहसँग सम्बद्ध अफगान पत्रकारले यो संयुक्त राज्यको सैन्य विमानको दुर्घटना रहस्यमय भएको बताएका छन।






प्रतिकृया