• ४ असोज २०८३, आइतबार
  • ५ः३० बेलुका

नापोलीसँग युभेन्टस पराजीत, रोनाल्डोको गोल तारिफयोग्य

प्रकाशित मिति

२०७६ माघ १३ गते, सोमबार १०:२६

काठमाडौं। इटालियन सिरी ‘ए’मा डिफेन्डिङ च्याम्पियन क्लब युभेन्टसले हार ब्यहोरेको छ । आइतबार राति भएको खेलमा युभेन्टस नापोलीसँग २–१ गोलले स्तब्ध भएको हो ।

National Life

नापोलीको मैदानमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन पाइट्र जिइलिन्स्की र लोरेन्जो इसिग्ने समान एक–एक गोल गरे । यता, पराजित टोली युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले सान्त्वना गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६३औं मिनेटमा नापोलीले जिइलिन्स्कीको गोलमा सुरुआती अग्रता बनाएको थियो । यस्तै खेलको ८६औं मिनेटमा इन्सिग्नेले गोल गर्दै नापोलीको अग्रता दोब्बर बनाए ।

Classic Tech Mobile
Classic Tech Desktop

यता, खेलको ९०औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोसिस गरे । तर, रोनाल्डोको गोल युभेन्टसलाई खेलमा फर्किएन पर्याप्त रहेन । र, नापोलीले ३ अंक जोड्यो ।

यससँगै अंक तालिकाको दसौं स्थानमा रहेको नापोलीले २७ अंक बनाएको छ । युभेन्टस भने ५१ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानसँग ४८ अंक छ ।

प्रतिकृया