विदेशबाट रेमिट्यान्स पठाउन बार्षिक ३८ अर्ब ,कमाएको रुपैंयाँ रेमिटयान्समै खर्च
प्रकाशित मिति
२०७६ माघ १३ गते, सोमबार ०७:२३
काठमाडौं । विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स पठाउन मात्रै नेपाली कामदारले ३८ अर्ब रुपैंयाँसम्म खर्चिने गरेका छन् ।
राष्ट्र बैंकले हालै सार्वजनिक गरेको नेपालमा विप्रेषण आप्रवाहको स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदनअनुसार विदेशबाट २ सय अमेरिकी डलर अर्थात २२ हजार ८ सय रुपैंयाँ पठाउँदा औसतमा नेपाली कामदारले ४।३ प्रतिशत कमिसन दिनुपर्छ ।
त्यस्तै ५ सय अमेरिकी डलर अर्थात ५७ हजारसम्म पठाउँदा विदेशमा रहेका नेपालीले २ दशमलव ९ प्रतिशतसम्म कमिसन तिरिरहेका छन् ।
राष्ट्र बैंकले विश्व बैंको प्रतिवेदनलाई आधार मानेर यस्तो प्रतिवेदन बनाएको हो ।
यस आधारमा हेर्दा गत आर्थिक बर्षमा ८ खर्ब ७९ अर्ब रकम रेमिट्यान्स पठाउँदा बैदेशिक मुलुकमा काम गरिरहेका नेपालीले ३७ अर्ब ८० करोड रुपैंयाँसम्म कमिसनवापत खर्च गरिरहेका छन् । नयाँ पत्रिका दैनिकबाट






प्रतिकृया