कोरोना भाइरस : नेपाली विद्यार्थी भन्छन चीन बाट उम्कन चाहन्छौं , संक्रमित भइन्छ भन्ने डर
प्रकाशित मिति
२०७६ माघ १३ गते, सोमबार ०७:३५
काठमाडौं । चीनको पर्यटकीय शहर उहानबाट शुरू भएको नोृबेल कोरोना भाइरसको संक्रमण फैलिँदो छ ।
यसबाट २ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । ५६ जनाको मृत्यु भएको छ । तिब्बत स्वायत्त प्रदेशबाहेक चीनका सबै प्रान्त, शहर र प्रदेशमा यो भाइरस संक्रमित भेटिएका छन् ।
उहानमा सयौंको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत छन् । भाइरस आतंकका कारण ती नेपालीले जतिसक्दो छिटो स्वदेश फर्किन चाहेका हुन् ।
उनीहरूले बेइजिङस्थित नेपाली राजदूतावाससमक्ष पनि यो आशय राखिसकेका छन् । ‘हामीहरू अहिलेसम्म स्वस्थ छौं, जतिसक्दो छिटो स्वदेश फर्कन चहान्छौ र नेपालमा हामीलाई निगरानीमा राखियोस्, सबै नियम पालन गर्नेछौं तर अहिले यहाँबाट उम्कन चाहन्छौं। हामीलाई केही भएको छैन तर यहाँको हावापानीमा रहँदा कुनै बेला पनि संक्रमित भइन्छ भन्ने डर छ । तनाव बढेको छ ।’ उहानमा रहेका नेपालीले पीडा सुनाएका छन । अन्नपूर्ण पोस्ट






प्रतिकृया