युवाहरुको फेरि मलेसिया जाने होड ,सोचे जस्तो सजिलो छैन मलेसिया
प्रकाशित मिति
२०७६ माघ १३ गते, सोमबार ०७:१४
काठमाडौं । नेपाली युवाहरुको रोजाइमा फेरि मलेसिया नै परेको छ। करिब १७ महिना बन्द रहेको मलेसिया खुलेसँगै नेपाली श्रमिकको रोजाइमा पुनः मलेसिया नै परेको हो।
पुस महिनामा ७ हजार ८ सय १२ जना युवाले मलेसियाका लागि नयाँ श्रम स्वीकृति लिएका छन। रिइन्ट्रि तथा लिगलाइजेशनसहित १० हजार ७ सय ३ वा मलेसिया पुगेका छन्। मलेसिया जाने कामदारमाथि अत्याधिक शोषण भएको भन्दै तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले २०७५ जेठ २ गते बन्द गरेपछि मलेसिया १७ महिना ठप्प भएको थियो।
त्यसयता मलेसिया खुले पनि युवाहरुको रोजाइमा भने पर्न सकेको थिएन। मंसिरमा मलेसिया जाने युवाको संख्यामा गिरावट आएको थियो। नयाँ श्रम स्वीकृति लिएर ४ हजार युवामात्रै मलेसिया गएका थिए। अघिल्लो महिनामा युवाहरुको रोजाइमा साउदी परेको थियो। नयाँ श्रम स्वीकृति लिएर ६ हजार १ सय ८२ युवा साउदी पुगेका थिए।
पुस महिनामा साउदी युवाको रोजाइको दोस्रो नम्बरमा परेको छ। नयाँ श्रम स्वीकृति लिएर ६ हजार ३ सय १२ युवा साउदी उडेका छन्। पुनः श्रम स्वीकृति तथा लिगलाईजेसनसहित १२ हजार ५ सय ८४ जना युवा साउदी पुगेका हुन्। युएईका लागि ४ हजार ८ सय ३९ र कतारका लागि ४ हजार ४ सय ८७ जनाले नयाँ श्रम स्वीकृति लिएका छन्। पुस महिनामै बहराईन, ओमान, साइप्रस, अफगानिस्तान, इजिप्ट, फ्रान्सलगायत ८४ मुलुकमा ५२ हजार २ सय २५ श्रमिक विदेशिएका छन्।






प्रतिकृया