• २० भदौ २०८३, शनिबार
  • ७ः४२ बिहान

कर्णाली प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सुरू

प्रकाशित मिति

२०७६ माघ ११ गते, शनिबार ११:०६

सुर्खेत : नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा कर्णाली प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी विरेन्द्रनगरमा शुक्रबारदेखि सुरू भएको छ ।

National Life

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा सुरू भएको उक्त गोष्ठीको आजको सत्र सम्पन्न भएको छ ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण तथा अनुसन्धान, शान्ति सुव्यवस्था, विपद उद्दार र व्यवस्थापन, भावी कार्यदिशा, सुरक्षा चुनौती एवं रणनीति, देशभरको जघन्य अपराधको तुलनात्मक विश्लेषण, देशभरको समग्र अपराधको त्रिवर्षीय तथ्यांक विश्लेषण लगायतका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

 

Classic Tech Desktop

यसैगरी प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीको सक्रियतामा कर्णाली र सुदुरपश्चिम प्रदेशमा छाउपडी प्रथा विरुद्ध संचालन गरिएको अभियान, राजस्‍व छलीबाट भएको राजस्व संकलनको विवरण, मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, भूमिगत सशस्त्र समूह र तिनका गतिविधिहरू, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय आतंकवाद, विपद् उद्धार र व्यवस्थापन, विपदबाट देशभर भएको मानवीय क्षतिको संख्यात्मक विवरण, समुदाय(प्रहरी साझेदारी भएका गतिविधिहरु र यस अन्तर्गत संचालित विद्यालय(सम्पर्क कार्यक्रम, समुदाय केन्द्रित कार्यक्रमहरु, कर्णाली प्रदेशका सुरक्षा चुनौतीहरू, यस वर्ष कर्णाली प्रदेश अन्तर्गत थप भएका प्रहरी ईकाइ, समग्र सुरक्षा चुनौती र सुरक्षा रणनीति लगायतका विषयमा समेत उहाँले जानकारी दिनुभएको थियो ।

विभिन्न बक्ताहरु समेतले आ-आफ्नो प्रस्तुतिकरण गर्नुभएको गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो ।

प्रतिकृया