• २३ भदौ २०८३, मंगलबार
  • ६ः४६ बेलुका

आदित्य र नेहाको बिहेको बारेमा के भन्छन् उदित नारायण ?

प्रकाशित मिति

२०७६ माघ १० गते, शुक्रबार ०१:००

‘कुनै गायिका मेरो घरको बुहारी बन्छ भने म त्यसमा खुसी हुन्छु’

National Life

एजेन्सी, गायिका नेहा कक्कडसँग गायक उदित नारायणका छोरा आदित्य नारायणको विवाहको बारेमा बलिउडमा चर्चा चलिरहेको छ । ‘इन्डियन आइडल’ को स्टेजमा नेहा र आदित्यको परिवारले यी दुईको बिहे फेब्रुअरी १४ मा गरिदिने बताएका थिए । त्यस पछि उनीहरूको विवाहको बारेमा छ र्चा चलन थालेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

गायक उदित नारायणले पनि ‘कुनै गायिका मेरो घरको बुहारी बन्छ भने म त्यसमा खुसी हुन्छु’ भनेका छन् । भारतीय मिडियामा यी दुईको विवाहको हल्ला चलिरहँदा उदितले नेहा एकदमै राम्री केटी भएको र उनले गीत पनि निकै राम्रो गाउने र आफूलाई पनि उनी निकै रामो लाग्ने बताएका छन् ।

गायन रियालिटी सो ‘इन्डियन आइडल’मा नेहा जजको रूपमा काम गर्छिन् भने आदित्य कार्यक्रम प्रस्तोताको रूपमा काम गर्ने गर्छन् ।

 

प्रतिकृया