• ५ असोज २०८३, सोमबार
  • ७ः२१ बेलुका

रोमामाथि युभेन्टसको जित ,रोनाल्डो को १० खेलमा १३औं गोल

प्रकाशित मिति

२०७६ माघ ९ गते, बिहीबार ११:४५

एएस रोमालाई हराउँदै युभेन्टस कोप्पा इटालियाको सेमिफाइनलमा पुगेको छ । बुधबार राती भएको खेलमा युभेन्टसले रोमालाई ३–१ ले हरायो ।

National Life

युभेन्टसको मैदानमा भएको खेलमा रोनाल्डोले पहिलो गोल गरेका थिए । खेलको २६औं मिनेटमा हिग्वेनको क्रशमा रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाए ।

रोनाल्डोको पछिल्लो १० खेलमा १३औं गोल हो ।

Classic Tech Mobile
Classic Tech Desktop

रोद्रिगो बेन्टानकुरले ३८औं मिनेटमा र लियोनार्दो बोनुचीले इन्ज्युरी समयमा गोल गर्दा युभेन्टसले पहिलो हाफमै तीन गोलको अग्रता लिएको थियो ।

५०औं मिनेटमा गोलकिपर बुफनको आत्मघाती गोलका कारण रोमाले खाता खोल्यो । सेन्गिज अन्डरको प्रहार बारमा लागेर फर्किँदा बुफनलाई ठोकिएपछि गोल भएको थियो ।

प्रतिकृया