• २० भदौ २०८३, शनिबार
  • १ः१७ राती

चीनमा कोरोना भाइरस दु्रत गतिमा फैलिँदै

प्रकाशित मिति

२०७६ माघ ७ गते, मंगलवार ०९:१३

बेइजिङ । चीनमा कोरोना भाइरस प्रभावितको संख्या तेब्बर गतिमा बढेको जनाइएको छ ।
सो भाइरस वुहानबाट शुरु भएकोमा अन्य शहरहरुमा पनि बढ्दै गइरुहेको छ । अहिले २०० भन्दा बढी मानिसलाई सो भाइरसले सताएको पुष्टि भएको छ ।
वुहानबाट सो रोगका भाइरस अहिले बेइजिङ्ग, सांघाई र सेन्जेनमा पनि फैलिएको छ ।
तीनजना मानिसको सो रोगबाट मृत्यु भएको छ । जापान, थाइल्याण्ड र दक्षिण कोरियामा पनि सो भाइरसका बिरामी देखिएको जनाइएको छ ।
सो भाइरसबाट निमोनियाको जस्तो लक्षण देखिने र एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गरेको चीनका सरकारी अधिकारीहरुले जनाएका छन् ।
श्वासप्रस्वास सम्बन्धी विज्ञ जोङ्ग नाशानले यो भाइरसका बारेमा अनुसन्धान गरिरहेका १४ जना मेडिकल कार्यकर्तालाई समेत यो भाइरसको असर देखिएको छ ।
कसरी यो फैलिरहेको छ भन्ने बारेको यकिन जानकारी अझै पनि अनुसन्धाताहरुले पत्ता लगाइसकेका छैनन् । बेलायतका विज्ञहरुले भने सो भाइरसको असर करिब १ हजार ७०० मानिसमा देखिएको जनाएका छन् ।
सो भाइरसको असरबाट जोगिन विश्वका विभिन्न देशका बिमानस्थलमा चीनबाट आउने यात्रुलाई निगरानी गर्न थालिएको छ । थाइल्याण्डमा पनि दुईवटा घटना भएको छ भने जापान र दक्षिण कोरियाले एक एक जना रिपोर्ट गरेको छ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयसियस का अनुसार यस प्रकोपलाई अन्तराष्ट्रिय चिन्ताको बिषय भएको बताएका छन । एक सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भनेर भोलि बुधबार एक आपतकालीन समिति गठन गर्ने योजना बनाएको छ। यो पदनामले डब्ल्यूएचओलाई अन्य देशहरूमा फैलिन रोकथाम र लड्न स्रोतहरू परिचालन गर्न मद्दत गर्दछ।

National Life

प्रतिकृया