• १८ भदौ २०८३, बिहीबार
  • ५ः३४ बेलुका

अविकसित मुलकुबाट अल्पविकसित मुलुक बनाउन सहकारीको महत्वपूर्ण भूमिका हुन्छः सांसद बस्नेत

प्रकाशित मिति

२०७६ पुष २८ गते, सोमबार १०:४६

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विश्वमा नेपाल जलस्रोतको धनि मुलुक रहेको र सोही अनुसार सरकारले विद्युत उत्पादनलाई तीव्र गतिमा विस्तार गर्दै गएकाले अबका दिनमा मुलुकको व्यापार घाटालाई अन्त्य गर्न एलपी ग्याँसबाट खाना पकाउने नभई विद्युतिय माध्यम इन्डक्सन चुलोबाट खाना पकाउने कार्यको विकास गर्नुपर्ने बताउनुभएको छ ।

ललिगुँरास बचत तथा ऋण सहकारी संस्थाको नवौं साधारणसभालाई सम्बोधन गर्दै सांसद बस्नेतले आगामी १० वर्षमा १५ हजार मेगावट विद्युत उत्पादन गरी तेस्रो मुलुकलाई बेच्ने कार्यको शुभारम्भ गरिसेकेको उल्लेख गर्दै वर्तमान समयमा नै ४०० मेगावट विद्युत उत्पादन गरी केन्द्रीय प्रशारण लाईनमा जोडिसकेकोले आम नेपालीले आगामी दिनमा लोडसेडिङको अध्यारो दिनबाट मुक्त भएको बताउनुभयो । एलपी ग्यासबाट नेपालमा ठूलो व्यापार घाटा रहेको उल्लेख गर्दै नेपालमा उत्पादिन विद्युतको महशुल घटाउने प्रकृयामा समेत सरकार अघि बढिसकेको जानकारी गराउँदै उहाँले खाना पकाउने ग्याँसको प्रयोगलाई घटाउँदै विद्युतिय माध्यमको प्रयोग गर्न अपिल समेत गर्नुभयो ।

Kamana Sewa

नेपालले उत्पादन गरेको विद्युत वंगलादेशसँग विक्रि गर्ने सम्झौता समेत भइसकेको बताउँदै उहाँले विद्युतको माध्यमबाट अब नेपालले आर्थिक वृद्धिदरलाई उच्च बनाउने स्पष्ट पार्नुभयो । नेपालले वंगलादेशसँग मात्र नभई आगामी दश वर्ष भित्रमा अन्य छिमेकी मुलुकहरुमा समेत व्यापक मात्रामा विद्युत निर्यात गर्ने उहाँले बताउनुभयो ।

Classic Tech Desktop

फोहोरलाई मल, गोवर ग्यास, सुन्तलालाई फेन्टा, आकाशको पानीलाई जमिनमुनी पानी संचित, सोलारको विस्तार लगायतका विभिन्न कार्यहरुको प्रारम्भ गरी देशमा नै आत्मनिर्भर तथा रोजगारीको वातावरण सिर्जना गर्न सकिने बताउँदै उहाँले मनमोहन अधिकारीको समयमा गाउँ गाउँमा सहकारी घरघरमा रोजगारी भन्ने अभियान शुरुवात नै अहिलेको सरकारले तीन खब्ने नीति लिई अघि बढेको बताउनुभयो ।

सहकारीको माध्यमबाट समाजको रुपान्तरण भएको उल्लेख गर्दै उहाँले सरकारी रोजगारीको महत्वपूर्ण माध्यममात्र नभई मुलुकको समृद्धि आधार समेत स्थापीत भएको बताउनुभयो । सहकारीले ग्रामिण क्षेत्रको सामन्तवादलाई अन्त्य गराएको बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले अविकसित मुलकुबाट अल्पविकसित मुलुक बनाउन सरकारीको महत्वपूर्ण भूमिका रहने स्पष्ट पार्नुभयो ।

मुलुकले ७।१ प्रतिशतका दरले आर्थिक वृद्धिदर हासिल गर्न सहकारीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले आत्मनिर्भरमूखी अभियानहरु व्यापक मात्रामा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै सरकारले विभिन्न प्रकारका सहुलियतदरमा ऋण उपलब्ध गराउन थालेको जानकारी गराउनुभयो ।

वर्तमान सरकारले आयात घटाउँदै निर्यात बढाउने कार्यलाई उत्कृष्ट कार्यको साथै व्यापार घाटालाई क्रमिक रुपमा सुधार गर्दै अघि बढ्दै गएको जानकारी गराउँदै युवा विदेश बनाउन जाने प्रवृत्तीलाई रोकी नेपाल बनाउने अभियानमा लगाउने प्रकारका नयाँ नयाँ योजनाहरुको साथमा अघि बढ्नु अहिलेको अपरिहार्य रहेको औल्याउनुभयो ।

भक्तपुरमा भौतिक पूर्वाधार विकास र सेवाका कामहरु व्यापकमात्रामा भइरहेको उल्लेख गर्दै उत्पादनका काम अबको अभियान हुनुपर्नेमा जोड दिनुभयो । तीनै तहका सरकारले भौतिक पूर्वाधार निर्माणको लागि अहोरात्र लागि रहेको बताउँदै उहाँले भक्तपुरमा असंख्य पर्यटनका स्थानहरुको विकास भइरहेको जानकारी गराउनुभयो ।

प्रतिकृया