समयसीमाभित्र काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गरिने छ : मन्त्री नेम्वाङ
प्रकाशित मिति
२०७६ पुष २४ गते, बिहीबार १२:४९
फिदिम, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले संशोधित सार्वजनिक खरीद नियमावली अनुसार काम नगरे निर्माण व्यवसायीलाई कारवाही गरिने बताउनु भएको छ ।
विहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले नियमावली अनुसार काम नगरे निर्माण व्यवसायीलाई कारवाही गरिने भन्दै भन्नुभयो ‘ठेकेदारहरु सुध्रिने मौका दिनेगरी सरकारले नियमावलीको संशोधन गरेको हो । अगामी दिनमा समयसीमाभित्र काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गरिने छ ।’
सम्मेलनमा मन्त्री नेम्वाङले रुग्ण आयोजनाहरुको छिटो निर्माणका सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता जानकारी दिनुभयो । ठूला पूर्वाधारका आयोजना निर्माण गर्न निर्माण कम्पनी र सरकारी निकायलाई उत्तिकै जिम्मेवार बनाइने उल्लेख समेत गर्नुभयो ।
उहाँ पुष्पलाल (मध्यपहाडी) लोकमार्गलगायत पूर्वी पहाडका विकास आयोजनाको स्थलगत अनुगमनका लागि फिदिम पुग्नु भएको हाो ।






प्रतिकृया