सूचना प्रणाली तालिममा १ हजार ३ सय जनाको सहभागिता
प्रकाशित मिति
२०७६ पुष २२ गते, मंगलवार ०५:३२
काठमाडौं, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागले कार्यान्वयनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सम्बन्धि दुईदिने तालिम वैदेशिक रोजगार व्यवसायीहरुको उल्लेखनीय सहभागितामा सम्पन्न भएको जनाएको छ ।
संघले विभागसँगको सहकार्यमा आइतबार र सोमबार व्यवसायी तथा उनीहरुका एक/ एक जना कर्मचारीहरुलाई सहभागी गराई विभिन्न चार समुहमा विभागको सूचना प्रणाली बारे तालिम दिएको हो ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार हाल ८ सय ५३ वटा वैदेशिक रोजगार कम्पनी कार्यरत रहेका छन् । तालिममा सञ्चालक र कर्मचारी गरी १ हजार ३ सय जना सहभागी भएका थिए ।

संघका अध्यक्ष विष्णुप्रसाद गैरेले व्यवसायीहरु विभागको वैदेशिक रोजगार सूचना प्रणालीको प्रयोगप्रति अत्यन्तै गम्भीर र संवेदनशील देखिएको बताउनु भएको छ । तालिमको आइतबार वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भीष्मकुमार भूसालले उद्घाटन गर्नुभएको थियो ।
आइतबार ईजाजतपत्र नं ७७० सम्म र सोमबार अन्य सबै व्यवसायीहरुलाई तालिम दिइएको थियो । आइतबार तालिम लिन छुटेका व्यवसायी एवं प्रतिनिधिहरु पनि सोमबारको तालिममा सहभागी भएको संघकाले जनाएको छ ।




प्रतिकृया