• ६ असोज २०८३, मंगलबार
  • ११ः४६ बिहान

तराईमा बाक्लो हुस्सु, उपत्यकामा मौसम सफा

प्रकाशित मिति

२०७६ पुष २१ गते, सोमबार १२:०४

काठमाडौं – तराईका अधिकांश भागमा बाक्लो हुस्सु लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम, मध्ये र पूर्वी तराईको धेरैजसो भू भागमा हुस्सु लागेको छ ।बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासीलगायतका जिल्लमा हुस्सु लागेको छ । काठमाडौं उपत्यकालगायत पहाडी भूभागमा विहानै घाम लागेको छ । उपत्यकाका पहाड छेउछाउ बाक्लो तुषारो परेको छ । विहानै घमाइलो भएको छ ।

National Life

यसैगरी, आज देशको पश्चिमी र पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली रही मध्य भू–भागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । पश्चिम र पूर्वका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रतिकृया