• ६ असोज २०८३, मंगलबार
  • ६ः५१ बिहान

ए डिभिजन लिगः आज दुई खेल हुने

प्रकाशित मिति

२०७६ पुष २१ गते, सोमबार १०:५२

काठमाडौँ, सहिद स्मारक ए डिभिजन लिग अन्तरगत सोमबार पाँचौ चरणका खेल शुरु हुदैछ । आज मध्यान्न १२ बजेबाट दुई खेल दशरथ रंगशालामा हुनेछ ।

National Life

पहिलो खेलमा न्यूरोड टिम एनआरटी र जावलाखेल युथ क्लबबीच खेल हुनेछ भने दोस्रो खेल ३ बजे रंगशालामै मनाङ मर्स्याङ्दी र मछिन्द्रबीच हुनेछ ।

लिगमा अन्डरडगका रुपमा देखिएको जावलाखेल स्पष्ट ३ अंकको खोजीमा रहेको छ । लिगमा ८ अंकसहित चौथो स्थानमा रहेको जावलाखेल एनआरटीलाई पराजित गर्दै शीर्ष स्थानमा रहेको छ भने ४ अंकसहित आठौं स्थानमा रहेको एनआरटी शीर्ष ६ मा अटाउने योजनामा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मनाङ मर्स्याङ्दी र मछिन्द्रले समान ४ खेल खेलेका यी दुवै टोलीले ३ खेलमा जीत र एक खेलमा बराबरी खेलेका छन् । तर, मछिन्द्र अघिल्लो बर्ष लिगको अन्तिम दोस्रो स्थानमा रहेका कारण १ अंक घटेपछि अहिले जम्मा ९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रतिकृया