• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

हङकङमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन

प्रकाशित मिति

२०७६ पुष २१ गते, सोमबार १०:३६

एजेन्सी, हङकङमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन भएको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनका लागि हङकङमा आइतबार एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन भएको हो । कार्यक्रमको उद्घाटन हङकङको एक्सन कमीसनर कमिसन अफ टूरिजम मिस चोईले गर्नुभएको थियो ।

नेपाली महावाणिज्यदूतावास हङकङको आयोजना ग़ैर आवासीय नेपाली संघ हङकङ र नेपाल वायुसेवा निगमको सह–आयोजनामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिसहित विभिन्न जातीय भेषभूषमा सजीएर भिजीट नेपालको प्रचार प्रसार गरिएको थियो ।

Kamana Sewa

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ हङकङ, नेपाली महासंघ जन सम्पर्क हङकङ, प्रवासी नेपाली एकता मंन्च हङकङ, नेपाली समाज हङकङलगायतका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । नेपाल भ्रमण वर्षको उद्घाटन लगत्तै ५ वटा खुल्ला बसमा नेपाल भ्रमण वर्ष प्रबद्र्धनका ठूलाठूला ब्यानर लगाएर प्लेकार्ड तथा विभिन्न झाँकीसहित डेढ घण्टा हङकङ साइट परिक्रण गरिएको थियो ।

Classic Tech Desktop

प्रतिकृया