• ६ असोज २०८३, मंगलबार
  • १ः२९ राती

अस्ट्रेलियामा सन्दीपले गरे उत्कृष्ट बलिङ

प्रकाशित मिति

२०७६ पुष २० गते, आईतवार १०:५६

एजेन्सी, नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गरेका छन् । बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आएका लामिछानेले शनिबार मेलबर्न रेनेगेड्सविरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएका थिए । उक्त खेलमा मेलबर्न स्टार्स आठ विकेटले विजयी भएको छ ।

National Life

अघिल्लो खेल चोटका कारण गुमाएका सन्दीपले शनिबार चार ओभर बलिङ गर्दै २६ रन खर्चिए। उनले पहिलो ओभरमा बिना कुनै विकेट सात रन दिए। आफ्नो दोस्रो ओभरमा पनि सन्दीपले कुनै विकेट झार्न सकेनन् । उनले सो ओभरमा १२ रन खर्चिए । तेस्रो ओभर भने उनका लागि उपलब्धिपूर्ण रह्यो । उक्त ओभरमा उनले दुई विकेट लिँदै चार रन मात्र खर्चिएका थिए । उनले सावन मार्स र डेनियल क्रिष्टिनलाई पेभेलियन फर्काएका थिए ।

आफ्नो अन्तिम ओभरमा सन्दीपले टोम कुपरको विकेट लिँदै तीन रन मात्र खर्चिए । यस यामको बिग ब्यासमा सन्दीप हालसम्म पाँच खेल खेल्दै छ । सन्दीपको टोली मेलबर्न स्टार्सले आज टस जितेर फिल्डिङ राजेपछि मेलबर्न रेनेगेड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४२ रन बनाएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

एक सय ४३ रनको विजयी लक्ष्य मेलबर्न स्टार्सले १८ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । बिग ब्याशमा सन्दीपको टोली मेलबर्न स्टार्स अङ्क तालिकाको शीर्ष स्थानमा छ । मेलबर्नले हालसम्म छ खेलमध्ये पाँचमा जित निकाल्दै १० अङ्क बटुलेको छ ।

प्रतिकृया