• ६ असोज २०८३, मंगलबार
  • ६ः१२ बिहान

पीपीएलको उपाधिका लागि चितवन टाइगर्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुँदै

प्रकाशित मिति

२०७६ पुष १२ गते, शनिबार १०:३१

पोखरा, पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधिका लागि चितवन टाइगर्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । शनिबार पारस खड्काको नेतृत्वमा रहेको चितवन र प्रदिप ऐरीको नेतृत्वमा रहेको विराटनगरबीच पोखरा मैदानमा बिहान साढे ११ बजे फाइनल खेल हुन लागेको हो ।

National Life

लिग चरणमा चितवनले विराटनगरलाई १८ रनले पराजित गरेको थियो । पीपीएलको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल प्राप्त गर्ने छन् ।

प्रतिकृया