• १८ भदौ २०८३, बिहीबार
  • ७ः३७ बेलुका

जाडोमा चिसो पानी पिउनाले हृदयाघात हुने सम्भावना

प्रकाशित मिति

२०७६ पुष ११ गते, शुक्रबार ०९:५०

काठमाडौं , पछिल्लो केही दिन यता देशभर अत्याधिक चिसो बढेको छ। जसले गर्दा देशका उच्च पहाडी भेगमा हिमपात तथा तराई भेगमा शितलहरको सम्भावना छ। चिसो बढेको बेला मानिसका दैनिकी पनि कष्टकर हुँदै गएको छ। चिसोमा स्वास्थ्यमा समेत गम्भीर खालका समस्या देखिने गर्छ। चिकित्सका अनुसार गर्मी भन्दा चिसो मौसममा विभिन्न खालका शारीरिक समस्या देखिने गर्छ। अझ यो मौसममा धेरै निमोनिया, रुघाखोकी र मुटु सम्बन्धी समस्या हुने गरेको छ। जाडोमा धेरै किन देखिन्छ मुटुमा समस्या बरिष्ठ मुटुरोग  चिसोको कारण शरिरको रक्तनली साघुरिँदा रक्त प्रभाव बन्द हुन्छ जसले गर्दा मुटुमा समस्या देखिन्छ।

अन्य बेलाको तुलनामा चिसो मौसममा हाम्रो हार्मोनहरुको स्तर बढ्छ। यसले शरीरलाई चिसोबाट जोगाउने तथा छालालाई खुम्च्याउने गर्छ, जसलाई क्याटोकल एमोन भनिन्छ। यस्ता हर्मोनहरुमा शरिरलाई जोगाउँने भए पनि रगतको बाक्लोपना,रगत जमाउने तत्वहरु बढी हुन्छ चिल्लो पदार्थ बढ्नु रगतको नलि साँघुरो हुने, हृदयघातको जोखिमलाई भने बढाउँछ जसले गर्दा चिसो मौसममा हृदयघातको जोखिम धेरै हुन्छ।मोटोपन भएकाहरू उच्च जोखिममा यस्तै चिसो मौसममा रक्तनलीहरू खुम्चन्छन्। खानामा धेरै रुचि हुने हुन्छ, यसले शरीरमा मोटोपना र आलस्यसमेत बढाउँदै लैजान्छ। खानाले रगतमा कोलोस्ट्रोलको मात्रा बढ्ने गर्छ, जसको प्रत्यक्ष असर मुटुमा पर्ने हुँदा हृदयाघातको बढ्ने गर्छ।

Kamana Sewa

धेरै खाना खाने अल्कोहल, धूम्रपान गर्नाले तथा व्यायम नगर्ने गर्नाले बोसोलगायत अन्य कारणले रक्तनलीहरु खुम्चने र हृदयाघातको जोखिम बढ्छ। यस्तै मुटुको समस्या झेल्दै आएका, मोटोपनको समस्या भएका तथा उच्चरक्तचाप, मधुमेह समस्या भएकाहरू चिसो मौसममा हृदयाघातको उच्चजोखिममा हुन्छन्। यस्ता समस्या हुनेहरूका लागि चिसो मौसममा भ्याजुस्पाजम अर्थात मुटुका रक्तनलीहरू एक्कासी बन्द हुने समस्या हुने र यसले गर्दा मुटुको कुनै भागमा तत्काल रक्तसंचार अवरोध हुन्छ र हृदयाघातको जोखिम बढी हुने छ। धेरै हृदयाघात बिहानको समयमा शरीरको रक्तनलीहरू साघुँरिदै जादा मुटुको नसामा नै असन्तुलन हुने र आकस्मिक हृदयाघात भई मानिसको मृत्युसमेत हुन्छ। अन्य मौसममा भन्दा चिसो मौसममा हृदयाघातको संभावना धेरै हुन्छ। तर अधिकांश मानिसले लक्षण नै थाहा नपाउने हुँदा धेरैले हृदयघातको कारण यो मौसममा ज्यान गुमाउछन ।

Classic Tech Desktop

प्रतिकृया